You are viewing the translated version of लिखित आदेश नभई मालसामान हस्तान्तरण गर्न नहुने.

Rule 105
लिखित आदेश नभई मालसामान हस्तान्तरण गर्न नहुने
(१) कार्यालय प्रमुख वा निजले तोकेको अधिकारीको लिखित आदेश नभई नगदी, जिन्सी वा सरकारी कागजात कसैलाई हस्तान्तरण गर्नु वा गराउनु हुँदैन।
(२) उपनियम (१) बमोजिम नगदी, जिन्सी वा सरकारी कागजात हस्तान्तरण गर्दा महालेखा परीक्षकबाट स्वीकृत ढाँचाको हस्तान्तरण फाराम भरी हस्तान्तरण गर्नु पर्नेछ। नगदी वा जिन्सी मालसामान बुझिलिने कार्यालयले हस्तान्तरण भई आएको नगदी वा जिन्सी मालसामान जिन्सी खातामा आम्दानी बाँधी सोको जानकारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र साबिक कार्यालयलाई दिनु पर्नेछ। बुझिलिने कार्यालयबाट आम्दानी बाँधेको जानकारी प्राप भएपछि साबिक कार्यालयले त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामानको लगत कट्टा गर्नु पर्नेछ।
(३) कुनै एक कार्यालयबाट अर्को कार्यालयमा घोडा र साइकल बाहेकको सवारी साधन, यान्त्रिक उपकरण, औजार लगायतको सम्पत्ति तथा जिन्सी मालसामान हस्तान्तरण गर्नु परेमा त्यस्तो सम्पत्ति तथा जिन्सी मालसामान लिने र दिने मन्त्रालयको सचिव र महालेखा नियन्त्रक रहेको समितिको निर्णयको आधारमा हस्तान्तरण गर्नु पर्नेछ ।